नियम २६
विशेषज्ञ पद
योग्यता, अनुभव र कामको प्रकृति हेरी विशेषज्ञताको विकासको लागि नभई नहुने अवस्थामा नेपाल सरकारले नेपाल
राजपत्रमा सूचना प्रकाशित गरी निजामती सेवाको राजपत्राङ्कित श्रेणीको कुनै खास पदलाई विशेषज्ञ पद तोक्न
सक्नेछ । त्यस्तो सूचनामा सो पदलाई चाहिने विशेष योग्यता समेत खुलाउनु पर्नेछ ।